काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको साढे २१ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । कम्पनीले ३ संस्थापक शेयरधनीको नाममा रहेको कुल २१ लाख ५७ हजार ६ सय १५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
सो शेयरको न्युनतम मूल्य ४ सय २५ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक संस्थापकहरुले के कति दर रेटमा खरिद गर्ने त्यसको विवरण खुलाई निवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने कम्पनीले जनाएको छ ।
संस्थापक शेयर विक्री गर्न चाहने संस्थापकहरुमा आइएमई लिमिटेडले ७ लाख १९ हजार २ सय ५ कित्ता विक्री गर्न लागेको छ भने आइएई इन्भेष्टमेन्ट प्रालीले ७ लाख १९ हजार २ सय ५ कित्ता र आइएई होल्डि प्रालीले ७ लाख १९ हजार २ सय ५ कित्ता संस्थापक शेयर विक्रीमा रहेको कम्पनीले जनाएको छ ।



