काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ६२ पैसा रहेको छ ।