images
images

नबिल र एनबी बैंकको बैंकिङ कारोबार सोमबारसम्म बन्द


  • 568
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    नबिल र एनबी बैंकको  बैंकिङ कारोबार सोमबारसम्म बन्द

    काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (बैंक) को सम्पुर्ण बैंकिङ कारोबार सोमबारसम्म बन्द हुने भएको छ । नबिल बैंकले एनबी बैंकलाई प्राप्ति पश्चात एकिकृत कारोबार सुरु गर्नका लागि कारोबार बन्द गर्न लागेको हो । 

    दुई बैंकले आगामी असार २७ गते एकीकृति कारोबार गर्दै छन् । नबिल बैंकको असार २४ गते शुक्रबारदेखि र एनबी बैंकको असार २३ गते बिहीबारदेखि कारोबार बन्द गर्न लागेको छ । 

    दुबै बैंकको तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नका लागि भोलि शुक्रबार कार्यालय समयपछि सोमबार विहान कार्यालय समय अगाडिसम्म बैंकको सम्पूर्ण सेवा तथा कारोबार बन्द रहनेछ । तर उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहेने बैंकले जनाएकाे छ ।

    nabil.jpeg


    images
    images

    Logo