images
images

च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा म्यानचेस्टर सिटी र चेल्सी भिड्दै


  • 899
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा दुई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन् ।

    नेपाली समय अनुसार खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।

    आजको खेलमा दुबै टिम उपाधि उचाल्ने योजनासहित मैदानमा उत्रने छन् । चेल्सी दोस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने योजनामा हुनेछ । 

    चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो । यता, सिटी भने पहिलोपटक उपाधि जित्ने योजनामा हुनेछ । 

    सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटीका मूख्य प्रशिक्षक पेप ग्वार्डीओलाले च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका छन् । 

    उनले बार्सिलोना र वायर्नका लागि च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाई सकेका छन् ।  

    आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । सिटी आफ्नो इतिहास रच्ने योनजामा छ । 


    images
    images

    Logo