काठमाडौं । नेपाल खेलकुद महासंघले अर्थमन्त्री विष्णु पौडेललाई एक प्रतिशत बजेट छुट्याउन आग्रह गरेको छ ।
खेलकुद महासंघले बुधबार २१ बुँदे मागपत्र बुझाएको हो ।
महासंघले एसियन र ओलम्पिक खेलमा पदक जितेका खेलाडीका लागी सरकारी निकायमा स्थायी रोजगारी दिन माग गरेको छ ।
साफ खेलका पदक विजेतालाई दिइँदै आएको प्रोत्साहन भत्ता बढाउन र रोजगारीको व्यवस्था गर्न पनि महासंघले अर्थमन्त्रीसँग आग्रह गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेट ल्याउने तयारी गरिरहेको छ ।
सो बजेटमा खेलकुद क्षेत्रमा कुल बजेटको कम्तिमा १ प्रतिशत बजेट छुट्याउन सरोकारवालाहरूले माग गरेका छन् ।



