images
images

विदेशी लगानीको उद्योग खरिद गर्दा सहुलियत कर्जा पाउनु पर्ने उद्यमीको माग  


  • 652
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    विदेशी लगानीको उद्योग खरिद गर्दा सहुलियत कर्जा पाउनु पर्ने उद्यमीको माग  

    काठमाडौं । उद्यमी व्यवसायीहरूले विदेशीको लगानी सञ्चालित उद्योग व्यवसाय नेपालीले खरिद गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा पाउनु पर्ने माग राखेका छन् । नजिकिएको बजेटलाई मध्यनजर गर्दै उद्यमी व्यवसायीहरूले त्यस्ता उद्योग तथा व्यवसाय सञ्चालन गर्न चाहनेले सहुलियत दरमा कर्जा पाउनुपर्ने माग राखेका हुन् । 

    विदेशी लागनी सञ्चालित उद्योग नेपाली उद्यमीले खरिद गर्न चाहेमा सरकारले सहजीकरण गर्नुपर्ने बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बताए । 

    ‘उद्यमी व्यवसायीहरूले यस्ता उद्योग खरिद गर्न चाहेमा यस्ता उद्यमीलाई प्रोत्साहन स्वरुप बैंक कर्जामा सहुलियत दिनु पर्ने पर्छ,’ उनले भने ‘सरकारले यस्तो व्यवस्था गरिदिएमा नेपाल उद्यमीहरूले विदेशी लागनीमा सञ्चालित उद्यम व्यवसाय खरिद  गर्न सहज हुन्छ ।’ सरकारको यस्ता विषय वस्तुमा ध्यान पुर्याएर आगामी वर्षको लागि प्रस्तुती गर्न तयारी हुँदै गरेको नीति तथा कार्यक्रम र बजेटमा समेटिनु पर्ने उनले बताए । 

    सरकारले प्रत्यक्ष विदेशी लगानी कुन कुन क्षेत्रमा भित्र्याउँदा राम्रो हुन्छ भनेर यस विषयमा अध्ययन अनुसन्धान गरिरहेका बेला उद्यमीले यस्तो आगामी बजेट, नीति तथा कार्यक्रममा विदेशी लगानीको उद्योग सञ्चालन गर्दा सहुलियत ब्याजमा कर्जा पाउने व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् ।

    उनीसँगै अन्य उद्यमी व्यवसायीले पनि विदेशी लगानीको उद्योग व्यवसाय खरिद र्न चाहेमा बैंकबाट सहुलियत कर्जा पाउनु पर्ने माग राखेका छन् ।  बतास ग्रूपअन्तर्गत दर्जनभन्दा बढी उद्योग व्यवसाय सञ्चालन गरिरहेको छ । 


    images
    images

    Logo