काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपनल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अंकले बढेर २ हजार ३ सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ । आज २ सय ३१ कम्पनीको १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबार भएका १ सय कम्पनीको शेयरमूल्य बढेको छ भने ८६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कारोबार रकमका आधारमा नेष्डो समृद्ध लघुवित्त रहेको छ । यस कम्पनीको १० करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा नबिल बैंक र तेस्रोमा सूर्या लाइफ इस्योरेन्स परेको छ ।



