images
images

लक्ष्मी बैंकको २ नँँया एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा


  • 547
    SHARES
  • २०७९ बैशाख ८ गते बिहीबार

    लक्ष्मी बैंकको २ नँँया एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा

    काठमाडौं । लक्ष्मी बैंकले क्रममा आफ्ना २ नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् ।

    यी एक्स्टेन्सन काउन्टरहरुको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १ सय ४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७ वटा एटीएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग
    एजेन्टहरु रहेका छन् । 

    यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ शाखा विस्तार गर्दै आइरहेको छ । 

    साथै बैंकले ग्राहकहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकहरुलाई अझ सशक्त पार्ने विश्वास लिएको छ ।


    images
    images

    Logo