images
images

गभर्नर निलम्बनलाई स्वीकारेनन् लगानीकर्ताले, ४४ अंकको घट्यो नेप्से


  • 440
    SHARES
  • २०७८ चैत्र २८ गते सोमबार

    गभर्नर निलम्बनलाई स्वीकारेनन् लगानीकर्ताले, ४४ अंकको घट्यो नेप्से

    काठमाडौं । शयेर बजारमा गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्दा लगानीकर्ता अस्वीकार गरेका छन् । कारोवार सुरु हुँदा ५० अंकले बढेको थियो । तर कारोवारको बीच समय भएपछि शेयर बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) ४४.६४ अंकले घट्दा २ हजार २ सय १९ दशमलव ७१ मा पुगेको छ । आज कारोवारमा आएका २ सय २३ कम्पनीको २ अर्ब २२ करोड बराबरको ५० लाख २५ कित्ता शेयर किनबेच भएको छ । 

    आज कारोवारमा आएका सबै सुमहका परिसुचक राताम्मे भएका छन् । आज शेयर बजार घट्दा २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने नेष्डो समृद्धि लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त रहेका छन् । 

    आज कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।


    images
    images

    Logo