images
images

सकारात्मक संकेत देखाएर बन्द भएको नेप्से, अब कस्तो होला ?


  • 550
    SHARES
  • २०७८ चैत्र २६ गते शनिबार

    सकारात्मक संकेत देखाएर बन्द भएको नेप्से, अब कस्तो होला ?

    काठमाडौं ।  शेयर बजारले साताको अन्तिम दिनमा आएर सकारात्मक संकेत देखाएको छ । लामो समयदेखि गिरावट क्रममा आएको बजारले अन्तिममा सकारात्मक बन्ने संकेत गर्दै बन्द भएको छ । किन भने पुँजी बजारमा  बैंकिङ समूहहरुको लगानी तीब्र विस्तार भएको छ । 

     यो साता नेप्से परिसूचक ३.१४ प्रतिशत घटेको छ। गत साता २ हजार५ सय ४४ दशमलव ३० को विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिनमा आइपुग्दा २ हजार ४ सय ६४दशमलव ३५ विन्दुसम्म ओर्लिएको छ। सातामा परिसूचकले ७९.९५ अंक गुमाएको छ। 

    यस साताको बजार पुँजीकरण ३४ खर्ब ९८ अर्ब २३ लाख रुपैयाँमा सीमित छ। गत साताको अन्तिम कारोबारपछि कुल बजार पुँजीकरण ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाख रुपैयाँ थियो। 

    यो साता ५ दिन कारोवार भएकोमा ४ दिन शेयर बजारमा गिरावट आएको छ भने १ दिन शेयर बजारमामा वृद्धि भएको छ । आइतबार ३०।८९  अंकले घट्दा २ हजार ५ सय १३ मा पुगेको थियो भने सो दिन १ अर्ब ४६ करोड रुपैयाँ बरावरको कारोवार भएको हो । 

    सोमबार १४.८८ अंकले घट्दा २ हजार ४ सय ९८ दशमलव ५३ मा पुगेको थियो भने सो दिन  १ अर्ब ५८ करोड रुपैयाँ बरावरको कारोवार भएको थियोे । मंगलबार ४६.४६ अंकले घट्दा २ हजार ४ सय २५ दशमलव ६ मा पुगेको छ । मंगलबार कारोवार रकममा वृद्धि भएको थियो। सो दिन २ अर्ब ६७ करोड रुपैयाँको कारोवार भएको हो । 

    बुधबार २३।३३ अंकले घट्दा २ हजार ४ सय २८ मा पुगेको थियो भने सो दिन १ अर्ब ९९ करोड रुपैयाँ बरावरको कारोवार भएको हो । 

    साताको अन्तिम दिन बिहीबार ३५.६६ अंकले बढेर २ हजार ४ सय ६४ दशमलव ३१ मा पुगेको थियो ।  यस दिन २ अर्ब १२ करोड रुपैयाँको कारोवार भएको हो । यस साता होटल तथा पर्यटन समूहबाहेक बाँकी सूचीकृत सबै समूहमा गिरावट आएको छ ।


    images
    images

    Logo