images
images

अर्थमन्त्री र गभर्नरबीच 'शीतयुद्ध' : गभर्नर तर्साउने, अर्थमन्त्री सम्झाउने


  • 996
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    अर्थमन्त्री र गभर्नरबीच 'शीतयुद्ध'  :  गभर्नर तर्साउने, अर्थमन्त्री सम्झाउने

    काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको 'अर्थशास्त्र तथा वित्त सम्मेलन' आयोजना गर्यो । सो कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच शीतयुद्ध नै चल्यो । अर्थतन्त्रको अहिलेको अवस्थाबीच गभर्नर अधिकारी र अर्थमन्त्री शर्माबीचको धारणामा फरक मात्रै थिएन, यो अवस्था आउनुको दोषबारे समेत अप्रत्यक्ष रुपमा एक अर्काप्रति आरोप प्रत्यारोपको अवस्था समेत देखियो । 

    गभर्नर खतिवडाले श्रीलंकाको नाम नलिइकनै नेपालको अर्थनत्त्र श्रीलंकाकै बाटोमा रहेको रउल्लेख गरे । बढ्लो आयातका र घट्दो विप्रेषणका कारण अर्थतन्त्र संकटमा पुगेको र संकट गहिरिँदै गएको उनको भनाइ थियो । यद्यपि फागुन महिनामा भने रेमिट्यान्स बढेको भन्दै यसले सकारात्मक संकेत देखिएको उनले बताए । समग्रमा उनको भनाइ समस्या देखाउनमै केन्द्रित थियो । 

    तर अर्थमन्त्री जनार्दन शर्माले भने यसको प्रतिवाद गरे । उनले श्रीलंकाको नाम लिएरै कसै कसैको चाहना अर्थतन्त्र श्रीलंकाको जस्तै होस् भन्ने रहेको भन्दै त्यसो हुन नदिने उल्लेख गरे। 'कसै कसैलाई नेपालको अर्थतन्त्र पनि श्रीलंका जस्तै बनोस् भन्ने लागेको छ, तर त्यो चाहना पूरा हुँदैन, नेपालको आयात, निर्यात, विप्रेषण र विदेशी लगानीको अवस्थाले यस्तो देखाउँदैन ।'

    कार्यक्रममा उनले राष्ट्र बैंकले सरकारलाई असहयोग गरेको आरोप मात्रै लगाएनन्, विदेशी मुद्रा अपचलनमा कारबाहीमा परेका व्यक्तिलाई छुटाउन राष्ट्र बैंककै सञ्चालक लागेको आरोप पनि लगाए । उनले क्रिप्टोकरेन्सी र हाइपर फण्डबाट भइरहेको पुँजी पलायनबारे राष्ट्र बैंकलाई ५ महिना अगाडि नै जानकारी दिए पनि यसमा नियन्त्रण गर्न ढिलाई गरेको उल्लेख गरे । 

    कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले भने अर्थमन्त्री खतिवडाको आरोपको उत्त्र दिएनन् । यद्यपि अहिलेको समस्या बढ्नुमा आयात प्रमुख कारण भएको बताए । उनले पनि घुमाउरो पारामा सरकारले आयात घटाउन पहल नगरेको गुनासो गरे । 

    विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि पछिल्लो समयमा आयात कम गर्ने र रेमिट्यान्स बढाउने विषयमा राष्ट्र बैंक दुवै लागिरहेका छन् । तर, अहिलेसम्मको अवस्था आउनुको जिम्मेवारी भने अर्थमन्त्री र गभर्नर कोही पनि लिन तयार छैनन् । यस्तो समयमा आमने समने भएका अर्थमन्त्री र गभर्नरबीच शीतयुद्धको अवस्था आएको हो ।


    images
    images

    Logo