images
images

आरटीजीएस प्रणालीमा वाणिज्य बैंकको एकाधिकार तोडियो, १० वित्तीय संस्था आवद्ध


  • 556
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    आरटीजीएस प्रणालीमा वाणिज्य बैंकको एकाधिकार तोडियो, १० वित्तीय संस्था आवद्ध

    काठमाडौं ।  आरटीजीएस प्रणालीमा वाणिज्य बैंकको एकाधिकार तोडिएको छ । सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंक र केही फाइनान्स कम्पनी समेत यो प्रणलीमा आवद्ध भएसँगै यो प्रणालीमा वाणिज्य बैंकहरुको मात्रै उपस्थिति तोडिएको हो । 

    नेपाल राष्ट्र बैंकले ८ विकास बैंक सहित १० कम्पनीलाई रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जोड्ने अनुमति दिएको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै १० बटा वित्तीय संस्था आरटीजीएस प्रणालीमा जोडिएको जनाएको हो । 

    आरटीजीएसमा आबद्ध भएका कम्पनीहरु ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक,  साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स रहेका छन् ।

    आरटीजीएस प्रणाली ठूला कारोबारको सेटलमेन्ट गर्ने प्रणाली हो । २० लाखभन्दा ठूलो मात्राको चेक भुक्तानी गर्दा अहिले यो प्रणालीको प्रयोग गरिन्छ । यो प्रणालीमा रकम भुक्तानी गर्ने व्यक्तिले पठाउने व्यक्तिको खातामा रकम पठाउने गर्छ । यस्तो रकम ‘रियल टाइम’ मै सेटलमेन्ट भएर सम्बन्धित व्यक्तिको बैंक खातामा जान्छ । 


    images
    images

    Logo