images
images

शेयर बजारमा बियरीस ट्रेन्ड, एकैदिन ४६ अंकको गिरावट


  • 372
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    शेयर बजारमा बियरीस ट्रेन्ड, एकैदिन ४६ अंकको गिरावट

    काठमाडौं । शेयर बजारमा लगातार ४ दिन गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) ४६.४६ अंकले घट्दा २ हजार ४ सय २५ दशमलव ६ मा पुगेको छ । मंगलबार कारोवार रकममा वृद्धि भएको छ । आज २ सय २८ कम्पनीको २ अर्ब ६७ करोड बराबरको ५८ लाख ४१ हजार कित्ता कारोवार भएको छ । 

    आज १० कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ८३ कम्पनीको शेयर मुल्य घटेको छ । आज कारोवारमा आएका १३ समुहको परिसुचक मध्ये होटल तथा टुरिजम समुहको परिसुचक बढेको छ भने बाँकी रहेका सबै समुहका परिसुचक घटेका छन् । 

    आज बजार घट्दापनि २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्र उत्थान र नेष्डो लघुवित्त रहेका छन् । 


    images
    images

    Logo