काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु भएको छ ।
आइतबार देखि वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्था एकक आपसमा गाभ्ने गाभिने कार्य सकिए पछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।
उक्त लघुवित्तले चैत १९ गतेदेखि एकिकृत कारोबार सुरुहुने बताएकाे थियाे तर उक्त दिन शनिबार परेकाले यी साे दिन नेप्से बन्द हुने भएकाले लघुवित्तको एकिकृत कारोबार आज आइतबार बाट सुरु गरिएको छ ।