काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य आज पनि घटेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ५ पैसा रहेको छ ।
