वासिङ्टन । नेपालको वित्तीय क्षेत्र बलियो बनाउन विश्व बैंकले १८ अर्ब रुपैयाँ दिने भएको छ । बैंकको कार्यकारी निर्देशकहरुको बोर्डको बैठकले बिहीबार १५ करोड अमेरिकी डलर बराबरको सो ऋण सहयोग स्वीकृत गरेको हो ।
सो रकम नेपालको वित्तीय क्षेत्रको स्थायित्व, सुदृढीकरण तथा वित्तीय समाधान विविधीकरण गर्न खर्च हुनेछ । नेपाल वित्तीइ क्षेत्रलाई लचिलो बनाउन, हरित क्षेत्रमा लगाउन तथा वित्तीय सेवाको पहुँच बढाउन खर्च हुनेछ ।
विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने निर्देशक फारिस हदाद (जेर्भोस) ले भने वित्तीय क्षेत्रलाई बलियो बनाएर लैजान यो ऋण सहयोग स्वीकृत गरेको बताए । उनका अनुसार यो परियोजनाले नेपालको गरिवी र जोखिममा परेका क्षेत्रमा बैंकिङ पहुँच विस्तारमा मद्दत गर्नेछ ।
यसको सञ्चालनले पूँजी, बीमा, र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न र अन्वेषणात्मक वित्तीय प्रोडक्टम्लाई बढावा दिन मद्दत गर्नेछ। यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलाइजेसन र महिलाहरूको लागि वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशीता बढाउने पहलहरूलाई पनि समर्थन गर्नेछ। यसले निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई सहयोग पुर्याउनेछ ।



