images
images

गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग


  • 411
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग

    काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।

    विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेको थियो । र फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । सबै नियमहरु पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको हो ।

    ‘मैचा’ को ब्याट्रीले १ केडब्लुएच चार्जबाट १ सय ५० किलोमिटर सम्मको रेन्ज दिन्छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पु¥याउने लक्ष्य राखेको छ । उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवद्र्धन गर्नु हो । साथै, उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो विद्युतीय सवारी टोली हुन् ।

     


    images
    images

    Logo