काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँटको मिति सरेको छ । सो लघुवित्तले यसअघि शुक्रबार आईपीओ बाँडफाँट गर्ने भने पनि प्रि अलटमेन्टको काम नसकिँदा मिति पर सरेको हँ ।
अब उक्त आईपीओ मंगलबार बाँडफाँट हुनेछ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार प्रि-अलटेमन्टको काम गरिनेछ । सोमबार बाँकी रहेको काम सकेर मंगलबार शेयर बाँडफाँट गरिनेछ । यस कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।