images
images

नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुँदै


  • 501
    SHARES
  • २०७८ फाल्गुण १८ गते बुधबार

    नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड हुने जनाएको छ ।

    लघुवित्तको फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख  रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

    त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणलाई वितरण हुनेछ ।

    पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको छ ।

    माग भन्दाबढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४ सय ५६ जनाले मात्रै शेयर पाउनेछन् ।
     


    images
    images

    Logo