काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १८ हजार थान अक्सिजनको सिलिण्डर आजै नेपाल भित्र्ने भएको छ । सरकारले ल्याउन लागेको उक्त सिलिण्डर चाइना कष्टमबाट हिडेपनि पनि नेपाली नाकामा भने आइनपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । ‘सिलिण्डर हिडेको खबर आएपछि हामी कहिले त्यो सिलिण्डर नेपाली नाकामा आइपुग्छ भनेर प्रतिक्षा गरेर बसेका छौं,’ उनले भने ‘सिलिण्डर नाकामा आइपुग्ने वित्तीकै फाष्ट ट्याक मार्फत पठाइहाल्छौं ।’
भन्सार विभागका महानिर्देशक यमलाल भुसालले स्वास्थ्यसँग सम्बन्धित औषधि, उपकरण तथा अक्सिजनका सिलिण्डरलाई प्राथमिकतामा भन्सार जाँचपास गर्ने काम गरिरहेको बताए । मेडिकलसम्बन्धी सामान ल्याउन भन्सार छुट सहितको व्यवस्था गरिएको पनि उनले बताए ।
चीन सरकारले सहयोग गर्ने भनेको २० हजार सिलिण्डरमध्ये बाँकी सिििलण्डर भने हवाइमार्गबाट नेपाल ल्याउने तयारी गरिएको छ ।



