images
images

दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने


  • 131
    SHARES
  • २०८३ भाद्र २७ गते शनिबार

    दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने

    काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    यसअघि राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो । त्यसयता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन । 


    images
    images

    Logo