images
images

ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने


  • 97
    SHARES
  • २०८३ भाद्र १३ गते शनिबार

    ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप 'ग्लोबल स्मार्ट प्लस' मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

    बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो । यस सुविधामा खाता छनोट, योगदानकर्ताको नाम र रकम उल्लेख गरी सरल तवरले सहयोग रकम पठाउन सकिने बैंकले जनाएको छ ।

    डिजिटल बैंकिङ केवल कारोबारमै सीमित नरही आवश्यक परेको बेला प्रभाव पार्ने माध्यम पनि बन्नुपर्ने बैंकको भनाइ छ । यसै सन्दर्भमा बैंकले प्रविधिमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेड नेपालको प्रमुख वाणिज्य बैंकहरूमध्ये एक हो, जसले देशभर फैलिएको शाखा सञ्जालमार्फत ग्राहकहरूलाई आधुनिक र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको प्रयोगमार्फत डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र पहुँचयोग्य बनाउँदै लगेको छ । ग्राहकमैत्री सेवा, प्रविधिमैत्री समाधान र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरूमार्फत बैंकले आफ्नो साझेदारी भूमिका निर्वाह गर्दै आएको छ ।


    images
    images

    Logo