काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुगेको छ । नेपाल प्रहरीका अनुसार शनिबार बिहानसम्ममा बिभिन्न जिल्लामा ६१६ जनाको शव फेला परेको छ । अझै २३०० बढी सम्पर्क विहिन रहेको बताइएको छ ।
प्रहरीका अनुसार, चितवनमा २३३, वलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको हो । विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । त्यसरी उद्धार गरिएकोमा नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६, र धादिङबाट ३ जना रहेका छन् ।



