images
images

चाँगुनारायणले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने


  • 202
    SHARES
  • २०८३ भाद्र १२ गते शुक्रबार

    चाँगुनारायणले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

    भक्तपुर ।  चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

    नगरप्रमुख जीवन खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु १० लाख, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधाबापतको रु सात लाख जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।यस्तै, कर्मचारीबाट तहअनुसार दुईदेखि सात दिनसम्मको तलब सुविधा गरी रु २० लाख ३५ हजार र चाँगुनारायण नगरपालिकाका शिक्षकबाट रु १३ लाखबराबरको सहयोग  रकम उपलब्ध गराइनेछ । 


    images
    images

    Logo