images
images

भोटेकोसीमा भिषण बाढी, रसुवा, नुवाकोट, धादिङमा सतर्कता अपनाउन आग्रह


  • 191
    SHARES
  • २०८३ भाद्र १० गते बुधबार

    भोटेकोसीमा भिषण बाढी, रसुवा, नुवाकोट, धादिङमा सतर्कता अपनाउन आग्रह

    काठमाडौं । रसुवामा तिब्बततर्फबाट आउँने भोटेकोसी खोलामा ठूलो बाढी आएको छ । बाढीले रसुवाको टिमु्रेस्थित भन्सार लगायतमा ठुलो क्षति पुर्याएको छ । आज बिहान तिब्बततर्फबाट ठुलो बाढी आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 

    भोटेकोशी लगायतका नदीमा बाढीको बहाब उच्च रहेका कारण राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदीलगायत तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदा त्रीशूली नदीको तटिय क्षेत्र मुग्लिन सम्म उच्च सतर्कतासहित शुरक्षित स्थानमा रहन अनुरोध उनले आग्रह गरेका छन् । बाढीले गाडी, लगायतका धेरै संरचना बगाएको जनाइएको छ । बिस्तृत विवरण आउँन बाँकी रहेको बताइको छ । 




    images
    images

    Logo