images
images

कांग्रेसको  महाधिवेशन रोक्न देउवा र खड्काको पूरक निवेदन दर्ता


  • 143
    SHARES
  • २०८३ भाद्र ९ गते मंगलबार

    कांग्रेसको  महाधिवेशन रोक्न देउवा र खड्काको पूरक निवेदन दर्ता

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । मंगलबार देउवा र खड्काले छुट्टाछुट्टै पूरक निवेदन दर्ता गराएका हुन् ।

    सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले पुनरवलोकनको दुईवटा पूरक निवेदन दर्ता भएको बताए । सो निवेदनमाथि भदौ ११ गतेका लागि पेसी तय भएको कोइरालाको भनाई छ । विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनका कुनै पनि क्रियाकलाप अघि नबढाउन निवेदनमा माग गरिएको छ ।

    देउवाले निवेदनमा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भनेर खुलाएका छन् । खड्काले आफूलाई निवर्तमान कार्यवाहाक सभापति भनेका छन् । सो निवेदन माथि तीन न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुने प्रवक्ता कोइरालाले जानकारी दिए ।

    वारेसमार्फत छुट्टाछुट्टै  दर्ता गराइएको निवेदन दिएका हुन् । यसअघि ०८२ साल पुसमा सम्पन्न विशेष महाधिवेशन एवम् निर्वाचन आयोगले वैधता दिने गरी सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसलामा पुनरवलोकन निवेदन दिएका थिए । उक्त पुनरवलोकनमा सर्वोच्चबाट सुनुवाइ अघि बढाउन निस्सा प्रदान भएको छ । 




    images
    images

    Logo