images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा


  • 161
    SHARES
  • २०८३ भाद्र ८ गते सोमबार

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    आयोगका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालय, पर्सेरावलमा बालविकास सहजकर्ताका रूपमा कार्यरत बोहराले नियुक्तिका क्रममा भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने नक्कली लब्धाङ्कपत्र र प्रमाणपत्र पेस गरेकी अनुसन्धानबाट पुष्टि भएको छ ।

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिई बहाल रही पारिश्रमिक, भत्तालगायतका लाभ तथा सुविधा लिएको देखिएकाले बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको आयोगले जनाएको छ ।

    आयोगले सोही कसुरमा कानुनबमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।


    images
    images

    Logo