images
images

प्रतिनिधिसभाः दुई सांसदले उठाएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन


  • 158
    SHARES
  • २०८३ भाद्र १ गते सोमबार

    प्रतिनिधिसभाः दुई सांसदले उठाएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन

    काठमाडौँ । आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाउनुभएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिएका छन् ।

    आजको बैठक सञ्चालन भइरहेकाबेला समय माग गर्दै सांसद शर्माले यसअघिको बैठकमा ‘रुकुम, जाजरकोट, सल्यानलगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता कार्य गरेको छ ?’ भन्ने प्रश्न गर्दै जवाफ मागेका थिए ।

    सांसद तामाङले ३७ दिनअघि सदनको शून्य समयमा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट झिकाउनु भनी सरकारसमक्ष आग्रह गर्नुभएको थियो । उक्त मुद्दाको सुनुवाइ नभएको भन्दै सांसद शर्मा र तामाङले सरकारको जवाफ माग गर्दै आज सदनमा उभिएर विरोध जनाए ।


    images
    images

    Logo