काठमाडौं । नबिल बैंकसँग मर्जरमा जाँदा एनबि बैंकका लगानीकर्ताले प्रतिकित्ता ७८ रुपैयाँ नाफा गर्न सफल भएका छन् । बिहीबारको दुई बैंकबीच भएको अन्तिम कारोबार मूल्यका आधारमा यस्तो नाफा देखिएको हो ।
आजको अन्तिम कारोबार मूल्य अनुसार एनबि बैंकको शेयर ३ सय ९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । उता नबिल बैंकको शेयर भने १११० रुपैयाँमा कारोबार भएको छ ।
मर्जरसम्बन्धी सहमति अनुसार एनबि बैंकको १ कित्ता शेयर बापत शेयरधनीलाई नबिल बैंकको ०.४३ कित्ता शेयर दिइनेछ । नबिल बैंकको आजको मूल्यको आधारमा यो ४७७.३० रुपैयाँ बराबर हो ।
एनबि बैंकको शेयर ३ सय ९९ रुपैयाँमा बिक्री भइरहेको अवस्थामा यो मूल्यका आधारमा एनबि बैंकका शेयरधनीलाई प्रतिकित्ता ७८ रुपैयाँ ३० पैसा नाफा भएको छ । यो १९.६२ प्रतिशत हो ।



