images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 252
    SHARES
  • २०८३ श्रावण २७ गते बुधबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ३ लाख ६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुन तोलामा ३ लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


    images
    images

    Logo