images
images

रास्वपा सभापति लामिछाने भदौ ७ गते चीन भ्रमणमा जाने, को को संग हुंदैछ भेटघाट ?


  • 213
    SHARES
  • २०८३ श्रावण २७ गते बुधबार

    रास्वपा सभापति लामिछाने भदौ ७ गते चीन भ्रमणमा जाने, को को संग हुंदैछ भेटघाट ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्।  लामिछानेले भदौ ७ देखि १४ गतेसम्म चीन भ्रमण गर्ने तय भएको हो । 

    चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक छिमेकी देशको भ्रमणमा जान लागेका हुन्। रास्वपाले सत्ता सम्हालेपछि सभापति लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा०को निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए।  

    चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेट्ने लामिछानेको प्रयास सफल नहुने भएको छ ।पछिल्लोपटक सार्वजनिक भएको लामिछानेको भ्रमण तालिकामा सीसँग भेटको कार्यक्रम समेटिएको छैन।  

    चीनका राष्ट्रपति सीले राष्ट्रपति वा सरकार प्रमुखसँग मात्रै  भेटवार्ता गर्ने चीनको प्रोटोकलअनुसार रविको सीसँग भेट असम्भव भएको बताइएको छ । बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट तय भएको छ। 

    लामिछानेको पहिलो भेट भने सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ । उनले नै रविलाई आमन्त्रण गरृका थिए । लामिछानेसंग  उनकी पत्नी निकिता पौड्यालसहित पाँच जना सहभागी हुने बताइएको छ । 

    बोइजिङपछि लामिछाने प्रतिनिधिमण्डल तिब्बतको कैलाश मानसरोवर जाने छन् । गत जेठ १९ देखि २३ गतेसम्म भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए।


    images
    images

    Logo