images
images

पुलमा ढुंगा खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी


  • 222
    SHARES
  • २०८३ श्रावण १८ गते सोमबार

    पुलमा ढुंगा खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी
    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
     
    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको छ । थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिए । यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न उनले आग्रह गरे ।




    images
    images

    Logo