images
images

विश्व कीर्तिमानी पर्वतारोही 'निम्स दाई' को निधन


  • 949
    SHARES
  • २०८३ श्रावण १६ गते शनिबार

    विश्व कीर्तिमानी पर्वतारोही 'निम्स दाई' को निधन

    काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको छ।

    पुर्जा संस्थापक रहेको इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको पुष्टि गरेको हो। केही दिनअघि ब्रड पिकमा आएको हिमपहिरोमा पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए।

    बेपत्ता भएकामध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। खोज तथा उद्धारका क्रममा शुक्रबार चार जनाको शव फेला परेको जनाइएको थियो। बाँकी बेपत्ताको खोजी कार्य जारी रहेकै अवस्थामा इलाइट एक्सपेडले निर्मल पुर्जाको निधन भएको जानकारी सार्वजनिक गरेको हो।

    निर्मल पुर्जा विश्व कीर्तिमानी पर्वतारोहीका रूपमा परिचित थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा कम समयमै आरोहण गरेर अन्तर्राष्ट्रिय स्तरमा कीर्तिमान कायम गरेका थिए। उनको निधनले नेपाली पर्वतारोहण क्षेत्रले एक प्रेरणादायी व्यक्तित्व गुमाएको छ।


    images
    images

    Logo