images
images

मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फछ्र्योट


  • 125
    SHARES
  • २०८३ श्रावण १३ गते बुधबार

    मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फछ्र्योट

    बागमती । मकवानपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ३१५ मुद्दा फछ्र्योट गरेको छ ।

    अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका एक हजार २४३ मुद्दा र आव २०८२/८३ मा नयाँ दर्ता भएका दुई हजार ३९३ मुद्दा गरी कुल तीन हजार ६३६मुद्दा रहेको सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए। यसमध्ये १८ महिना नाघेका मुद्दा २६ रहेकामा दुई वर्ष नाघेका मुद्दा भने शून्य सङ्ख्यामा रहेको अदालतले जनाएको छ । गत आवमा इजलासको आदेशबमोजिम मेलमिलापमा पठाइएकामा मेलमिलापकर्तामार्फत मेलमिलाप भएको मुद्दा सङ्ख्या ५३  थियो ।

    मेलमिलापकर्तामार्फत मेलमिलाप भइआएका मुद्दाको सफलता १९.७७ प्रतिशत रहेको सूचना अधिकारी कौशिकले जानकारी दिए।


    images
    images

    Logo