images
images

तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु


  • 180
    SHARES
  • २०८३ आषाढ १९ गते शुक्रबार

    तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु

    दमौली  । अमेरिकी डलर २२७ मिलियनको लागतमा तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ । 

    प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको मुआब्जा निर्धारण गरेको हो । 

    विद्युत्गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
     
    नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले उक्त कार्यका लागि आर।के। हाइड्रो इन्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौसँग ठेक्का सम्झौता गरेको छ । 

    विंस २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण सो आयोजना निर्माण केही समय प्रभावित भएको थियो । 

    आयोजना प्रमुख श्रेष्ठले आयोजनाबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए । आयोजनाको बाँध तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाअन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैङ्कको अनुदान सहयोगमा तयार गरिएको हो । 

    बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन् ।

    देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युत् गृहको निर्माण गरी उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने भएको छ । 

    आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।


    images
    images

    Logo