काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाचौँ साधारणसभा आगामी भोली र पर्सी काठमाडौँमा हुने भएको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महासंघले महाधिवेशन बारे जानकारी दिएको हो।
महाधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए । अध्यक्ष भरत भट्टराईका अनुसार, महाधिवेशनमा सहभागी हुन देशभरबाट १५ सय प्रतिनिधि काठमाडौँ आएका छन् ।
महासंघको बन्दशत्र शुक्रवार भक्तपुरको कौशलटारमा आयोजना हुने भएको छ । महाधिवेशनको उद्घाटन शत्र भने शनिवार काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने अध्यक्ष भट्टराईले जानकारी दिए । महासचिव सन्तोष घिमिरेका अनुसार, महासंघको देशका ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ ।

देशभरका महासंघमा आबद्ध २७ हजार ४०० साधारण सदस्यले चुनेर पठाएका एक हजार ५ सय प्रतिनिधिले महाधिवेशनबाट ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। महासंघको विधानमा अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ , ७ खुला उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सचीव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने ब्यवस्था छ।
यसैगरी केन्द्रीय सदस्य प्रत्येक प्रदेशबाट २ को दरले कुल १४ जना, संस्थापक संस्था १४ वटाको तर्फबाट १–१ गरि कुल १४ जना, बागमती प्रदेशबाट थप ५ जना, अध्यक्ष द्वारा मनोनीत ५ जना (समावेशीताका आधारमा) कार्यसमितिमा रहने ब्यवस्था रहेको महासचिव सन्तोष घिमिरेले जानकारी दिए ।



