images
images

चितवन–३ मा रास्वपाकी सोविता गौतम सर्वाधिक मतसहित विजयी


  • 377
    SHARES
  • २०८२ फाल्गुण २३ गते शनिबार

    चितवन–३ मा रास्वपाकी सोविता गौतम सर्वाधिक मतसहित विजयी

    चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले आफ्नो निकटतम प्रतिस्पर्धी, नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई करिब ३८ हजार मत अन्तरले पछि पारेकी छन्।

    गौतमले कुल ५९ हजार २ सय ७७ मत प्राप्त गरी अहिलेसम्मकै सर्वाधिक मतसहित जित हात पारेकी हुन्। उनका प्रतिद्वन्द्वी रेनु दाहालले भने २० हजार ६ सय १५ मत मात्र पाइन।

    जितपछि रेनुले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै सोवितालाई बधाई दिएकी छन्।

    यसैगरी, कांग्रेस–एमालेका उम्मेदवारहरूको जमानत जफत भएको छ। नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३ सय ४४ मत ल्याए भने एमाले उम्मेदवार शंकरराज थपलियाले ५ हजार ४ मत मात्र प्राप्त गरे।


    images
    images

    Logo