images
images

पेट्रोलको अनावश्यक स्टोर नगर्न आयल निगमको आग्रह


  • 164
    SHARES
  • २०८२ फाल्गुण १८ गते सोमबार

    पेट्रोलको अनावश्यक स्टोर नगर्न आयल निगमको आग्रह

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको बताउँदै अनावश्यक स्टोर नगर्न उपभोक्तालाई गरेको छ।

    सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेका हुन्।

    ‘पेट्रोलियम पदार्थको आयात पाइपलाइन मार्फत नियमित रूपमा भइरहेको छ, ’उनले भने, ’आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ ।’

    उनले पेट्रोलियम पदार्थ ड्रम वा क्यानमा स्टोर गर्दा जोखिम बढ्ने भन्दै सचेत गराएका छन्।

    ‘पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जर्किन, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको छ, ’उनले भने।

    सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमले आग्रह गरेको छ।


    images
    images

    Logo