images
images

सुनको मुल्य तोलाकै तीन लाख एक हजारमाथि, एकैदिन बढ्यो नौ हजार


  • 458
    SHARES
  • २०८२ माघ ९ गते शुक्रबार

    सुनको मुल्य तोलाकै तीन लाख एक हजारमाथि, एकैदिन बढ्यो नौ हजार

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँले बढेर तीन लाख एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


    images
    images

    Logo