images
images

एनआईबीएल एस क्यापिटलले गर्यो लगानीकर्ता सचेतना कार्यक्रम


  • 556
    SHARES
  • २०७८ पौष २ गते शुक्रबार

    एनआईबीएल एस क्यापिटलले गर्यो लगानीकर्ता सचेतना कार्यक्रम

    काठमाडौं । एनआईबीएल एस क्यापिटलले लगानीकर्ता सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सो  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो । 

    शुक्रबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित उक्त कार्यक्रममा मर्चेन्ट बैंकर्स संघका अध्यक्षसमेत रहेको क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा धितोपत्र बजारको विभिन्न आयामको बारेमा समेत छलफल भएको थियो । 

    उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता रहेको सो कम्पनीको दाबी छ । यस्तै कार्यक्रम आगामी दिनमा अन्य प्रदेशमा समेत आयोजना गर्दै जाने समेत क्यापिटलले जनाएको छ । 


    images
    images

    Logo