काठमाडौं । एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि कार्तिक १९ गतेदेखि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको छ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।