images
images

गरिमा विकास बैंकले बोलायो साधारणसभा,बुकक्लोज कहिले ?


  • 507
    SHARES
  • २०८२ कार्तिक ४ गते मंगलबार

    गरिमा विकास बैंकले बोलायो साधारणसभा,बुकक्लोज कहिले ?

    काठमाडौं । गरिमा विकास बैंकले साधारणसभा बोलाएको छ । बैंकले  कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ ।

    बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभाले रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo