images
images

वीरगञ्ज भन्सार कार्यालयले ३ महिनामा सङ्कलन गर्याे ५८ अर्ब २३ करोड राजस्व


  • 341
    SHARES
  • २०८२ कार्तिक ३ गते सोमबार

    वीरगञ्ज भन्सार कार्यालयले ३ महिनामा सङ्कलन गर्याे ५८ अर्ब २३ करोड राजस्व

    पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ ।

    भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । 

    वीरगञ्ज भन्सार कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनासम्ममा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए । “चालु आवको तीन महिना चाडपर्व लक्षित वस्तु तथा सामान आयात भएकाले पनि राजस्व सङ्कलनमा केही वृद्धि देखिएको छ”, उनले भने । 

    कार्यालयका अनुसार साउनमा रु २० अर्ब ९८ करोड राजस्व  सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सोको ८८ प्रतिशतअर्थात् १८ अर्ब ४४ करोड सङ्कलन भएको छ । भदौमा रु २२ अर्ब  पाँच करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९४ प्रतिशतअर्थात् रु २० अर्ब ७२ करोड राजस्व सङ्कलन भयो भने असोजमा रु २२ अर्ब ५७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८४ प्रतिशतअर्थात् रु १९ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ ।


    images
    images

    Logo