images
images

सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?


  • 564
    SHARES
  • २०८२ कार्तिक २ गते आइतबार

    सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

    काठमाडौं । सिद्धार्थ बैंकले साधारणसभा बोलाएको छ ।बैंकले  कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १इ बजे बस्ने गरि सभा बोलाएको छ ।

    बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo