images
images

महालेखा नियन्त्रक कार्यालयले भन्यो- दसैँ बिदामा भुक्तानी रोकिदैन


  • 213
    SHARES
  • २०८२ आश्विन १३ गते सोमबार

    महालेखा नियन्त्रक कार्यालयले भन्यो- दसैँ बिदामा भुक्तानी रोकिदैन

    काठमाडौँ- दसैँको बिदामा समेत भुक्तानी नरोकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पत्र लेख्दै सो व्यवस्था गर्न भनेको हो ।

    कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दसैँ बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति लगायत शीर्षकमा निकासा दिनुपर्ने हुन सक्ने भएको भन्दै महालेखाले सम्बन्धित निकायबाट भुक्तानी आदेश प्राप्त भएमा निकासा दिने गरी वैकल्पिक व्यवस्था गर्न भनेको छ ।


    images
    images

    Logo