images
images

रिभर फल्सको शतप्रतिशत हकप्रद शेयर आजदेखि


  • 584
    SHARES
  • २०८२ भाद्र २३ गते सोमबार

    रिभर फल्सको शतप्रतिशत हकप्रद शेयर आजदेखि

    काठमाडौं । रिभर फल्सको हकप्रद शेयर आजदेखि निष्काशन हुँदैछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । अर्थात शेयरधनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर पाउनेछन् । कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    सो प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

     


    images
    images

    Logo