images
images

बिनाधितो २ अर्ब  ऋण दिने सरकारको नीतिः राजेन्द्रप्रसाद पाण्डे


  • 1.3K
    SHARES
  • २०७८ मंसिर २२ गते बुधबार

    बिनाधितो २ अर्ब  ऋण दिने सरकारको नीतिः राजेन्द्रप्रसाद पाण्डे

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग  गर्ने जानकारी दिएका छन् । 

    नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उनले व्यवसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताए । उनले भने “ किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ । यसवर्ष २ अर्ब बिनाधितो ऋण दिने सरकारको नीति छ ।  ”

    महासङ्घका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानका पहुँचमा पुग्न नसकेको हुँदा यसलाई सहज बनाउन सुझाव दिए । भेलाले टीकालाल तामाङका अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन समेत गरेको छ ।  

    समितिका उपाध्यक्षमा ज्ञानबहादुर लामा, सचिवमा दिपेशचन्द्र तामाङ, सहसचिवमा प्रविन महत र कोषाध्यक्षमा रीमा लुइँटेल रहका छन् । त्यस्तै सदस्यमा क्रमशः ईश्वरी श्रेष्ठ, यज्ञप्रसाद न्यौपाने, सन्तोष मिजार, जीवन पहरी, इन्द्रा गौतम, जिलेट लामा, अम्बिका माया लामा, दुर्गाबहादुर घर्ती, गोविन्द केसी, दीपक अधिकारी, शङ्कर त्रिपाठी, सरिता महत, सावित्री गौतम र सरिता गौतम रहका छन् ।


    images
    images

    Logo