काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १३ सयले घटेर तोलाको १ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलाको १ लाख ९८ हजार १ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सयले घटेर १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
स्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।