images
images

रुसमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


  • 377
    SHARES
  • २०८२ श्रावण १४ गते बुधबार

    रुसमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    काठमाडौं । रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार ११:२५ बजेरुसको पूर्वी तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि गरेको छ।

    सुरुमा भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरिएको थियो।काम्चात्का प्रायद्वीपमा सुनामीको आउन सक्ने भन्दै गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीयलाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन्।

    रूसको कामचट्काका केही भागहरूमा ३-४ मिटर (१०-१३ फिट) उचाइको सुनामी रेकर्ड गरिएको छ।यसैबीच, भूकम्पको केन्द्रभन्दा दक्षिण पश्चिममा पर्ने रुसी टापु साखालिनबाट पनि बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको साखालिनका गभर्नर भ्यालेरी लिमारेन्कोले बताएका छन् ।

    भूकम्पको केन्द्रबिन्दु रुसको सुदूरपूर्वी काम्चात्का प्रायद्वीपको समुद्री तट बाहिर रहेको छ । यो क्षेत्र कम जनसंख्यायुक्त र दुर्गम मानिन्छ ।

     ताइवान, फिलिपिन्स, हवाई, अलास्काको अलेउटियन टापुहरू र इन्डोनेसियाका केही भागहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो भने अमेरिकाको पश्चिमी तटको धेरैजसो भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।


    images
    images

    Logo