काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार १ सयले बढेर १ लाख ९७ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार १ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ६ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २३५० रुपैयाँमा कारोबार भइरहेको छ ।